उपनिर्वाचन अपडेट : चार बजेसम्म ६१ प्रतिशत मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको हो ।

‘दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको छ,’ अर्यालले भनिन्, ‘सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।’

मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने उनले बताइन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

  • १६ मंसिर २०८१, आईतवार १६:३३ प्रकाशित