रोल्पा ।
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको ज्यान गएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदाँ ५ जनाको ज्यान गएको र दुई जनाले भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
आइतबार बिहान करिब ९ : ५० मिनेटको समयमा पर्खाल भत्किँदा पाँच जनाको पुरिएर ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले पुष्टि गरेका छन् ।
ज्यान गुमाउनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेका छन् ।
यो पुल निर्माणमा सात जना खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएका थिए।