काठमाडौं ।
कञ्चनपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शनिबार राती भीमदत्त नगरपालिका ८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
विष्टले हसियाँले श्रीमती ज्योतिको घाँटीमा हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ प्रहरीले हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएको छ।
शनिबार बेलुका घरायसी विवादका क्रममा नरेन्द्रले श्रीमती ज्योतिको हत्या गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।















