गाडीको ठक्करबाट सिरहामा सशस्त्र प्रहरीको ज्यान गयो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरीको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको ज्यान गएको हो ।

टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा ज्यान गएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।

गाडी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर भागेको हो । ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

  • १६ मंसिर २०८१, आईतवार ०९:३९ प्रकाशित