बढ्यो पेट्रोल र हवाई इन्धनको भाउ

केन्द्रभाग मिडिया

 

पोखरा ।

पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले मूल्य बढेको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

डिजेल, मट्टितेल र खना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ । निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।

यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।

 

  • १५ मंसिर २०८१, शनिबार २०:३५ प्रकाशित