पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार्नु पर्ने बताएका छन् ।
प्रचण्डले शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार्नुपर्ने बताएका हुन् ।
‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ। बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ।’ उनले भनेका छन् ।