नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘एनपीएल’ आज देखि

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो र निकै प्रतिक्षा गरिएको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि क्रीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

खेल मध्यान्ह सबा १२ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा विराटनगर र अनिल शाहको कप्तानीमा जनकपुर मैदान उत्रनेछ । राष्ट्रिय टोलीका अनुभवी खेलाडीसँगै विश्व चर्चित खेलाडी समावेश विराटनगर र जनकपुर दुवै टोली सुखद सुरुवातको योजनामा छन् ।

टिम विराटनगर : सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।
प्रशिक्षक – केभिन ओ’ब्राइन।

टिम जनकपुर: आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) ।
प्रशिक्षक – पुबुद दसानायके।

  • १५ मंसिर २०८१, शनिबार ०९:४८ प्रकाशित