गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने

केन्द्रभाग मिडिया

पोखरा ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दूई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

  • १४ मंसिर २०८१, शुक्रबार ०७:३४ प्रकाशित