काठमाडौं ।
राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । ठेक्का गर्ने निर्णय गर्न अलमल गर्दा प्रणालीमाथि नै जोखिम हुने गरी साइबर आक्रमण भएपछि विभागले नयाँ टेन्डर गरेको हो ।
बिहीबार विभागले बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको छ । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ ।
दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ। विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो । १२ जनवरी २०२५सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन् ।