बाराको रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्याका मुख्य आरोपी पक्राउ

केन्द्रभाग मिडिया

वीरगन्ज ।

पाँच महिना अघि बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको प्रहरीले बताएको छ । करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको बारा प्रहरीले बताएको छ ।

मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।

गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो ।घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो ।

  • १३ मंसिर २०८१, बिहीबार ०९:५७ प्रकाशित