बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको निर्देशनात्मक फैसला : दुर्गा प्रसाईं थुनामै रहने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई थुनामै रहने भएका छन् ।आज सर्वोच्च अदालतले प्रसाईले दिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ।

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका हुन् ।

प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो ।

प्रसाईंलाई यसपटक साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दै जिल्ला अदालत काठमाडौँबाट अनुसन्धानका लागि म्याद थप गरिरहेको छ।

  • १२ मंसिर २०८१, बुधबार १६:४५ प्रकाशित