सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि बिनु यादव पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव पक्राउ परेकी छिन । सर्वोच्च अदालतअघि बोर्डमा कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि यादवलाई पक्राउ गरिएको हो । उनलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

यादवले लामो समयदेखि आफ्नो माग सम्बोधनका लागि प्रदर्शन र अनसन बस्दै आएकी छिन । यसअघि उनले अनसन बसेपछि सरकार पक्ष उनको बीच चारबुँदे सहमति पनि भएको थियो । त्यतिबेला यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको थियो ।

कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन् ।

  • ११ मंसिर २०८१, मंगलवार १६:१४ प्रकाशित