काठमाडौं ।
सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना तिराएको हो।
जरिवानामा पर्नेमा कुबेर थापा नाम गरेको व्यक्ति रहेको महानगरपालिकाले जनाएको छ । यसअघि हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना तिराएको थियो ।
पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रामक देखिएको छ । महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको व्यवस्था गरेको छ ।
महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो ।
यद्यपि, एमालेले उक्त जरिवाना स्वीकारेको छैन ।