२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन बनेका छन् ।

केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले ७ दिने सूचना निकालेको छ ।

७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

  • १० मंसिर २०८१, सोमबार १०:३५ प्रकाशित