पत्रकार आरजु विष्ट सम्मानित

केन्द्रभाग मिडिया

oplus_0

पोखरा ।

पत्रकार आरजु विष्ट सल्यानी सम्मानित भएका छन् । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले आफ्नो ३१ औ साधारणसभाको अबसर पारेर व्यवसायीको प्रबर्द्धनमा पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार विष्टलाई सम्मान गरेको हो ।

विष्टलाई प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्य, संघका अध्यक्ष कविन्द्र पोखरेलले दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

सम्मान पछि बोल्दै पत्रकार विष्टले सम्माले आफूलाई अझै क्रियाशील हुन प्रेरणा मिलेको बताए ।

विगत दुई दशकभन्दा लामाे क्रियाशील पत्रकार विष्ट हाल रेडियो अन्नपूर्णकाे समाचार प्रमुख छन् ।

  • ८ मंसिर २०८१, शनिबार ११:३८ प्रकाशित