पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा आज काउलीको भाउ आकासिएको छ । हिजो ९० रुपैयाँदेखि १४० रुपैयाँसम्म किनबेच भएको काउली आज एकैदिन बढेर १२० रुपैयाँ देखि १६० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । बन्दा के.जीको ६० देखि ७० रुपैयाँसम्म किनबेच भएको छ ।
आज सानो गोलभेँडा के.जीको ९१ रुपैयाँ देखि १०९ रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ ।
आज प्याज प्रति के.जी १०० देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।
गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ मुठा छ ।
मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।