पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले मानिस खेलका माध्यमबाट स्वास्थ्थ, सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भुमिका रहने साथै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुदा खेलकुलाई हरेक क्षेत्रले प्राथामिकतामा राख्नु पर्ने बताए ।
माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामि दिनमा अझै रचनात्मक कार्यक्रमलाई अगाडी बढाउने विश्वस ब्यक्त गरिन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले गत वर्ष जसरी यस वर्ष संघीय सरकार बाट सहयोग नरहेता पनि खेलकुदलाई प्राथामिकतामा राखेर पालिकाको आर्थिक लगानिमा यस खेललाई निरन्तरता दिएको बताए । प्रतियोगितामा सहभागि विद्यालय साथै विधार्थीहरुलाई सहभागिताका लागि धन्यबाद समेत ब्यक्त गरे ।
वडा न.२ का अध्यक्ष एवं प्रवक्ता गणेश आर्चायले राष्टिय नेतृत्वमा रहेका नेताहरुको विभिन्न भ्रष्टचारका समाचारहरु आउदा यस्ता खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका यूवाहरुमा निराशा छाएको बताए । कार्यक्रममा शुभकामना दिदै वडा न.९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि ब. क्षेत्रिले खेलमा हारजित त भै हाल्छ तर खेल मर्यादित, अनुशासित र लगनशिल भएर खेल्न खेलाडीहरु आग्रह गरे ।
आइतवार भएको खेलमा मार्च पास तर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितिय शुक्ला गण्डकी मा.वि, तृतिय सारदा मा.वि भएको छ । पुरुष १५ सय मिटर दौडमा प्रथम माछापुच्छ्रे मा.विका अनुप नेपाली ,द्धितिय निश्पक्ष मा.विका नविन वि.क , तृतिय उदय मा.विका कुशल नेपाली भए । महिला १५ मिटर दौडमा प्रथम बराह मा.वि कि पुर्णिमा नेपाली, द्धितिय उदय मा.वि कि सरस्वती भण्डारी , तृतिय महेन्द्र मा.वि कि सम्झना अधिकारी रहेका छन् ।
पुरुष ४ सय मि. दौडमा प्रथम शुक्लागण्डकी मा.विका पृतम परियार , द्धितिय बराह मा.विका रोहित परियार, तृतिय महेन्द्र मा.विका अरुण परियार भए । महिला ४०० मि. दौड तर्फ प्रथम पृथ्वीनारायण मा.वि की विनिता वि.क, द्धितिय बराह मा.वि की विपना अधिकारी र तृतिय शुक्लागण्डकी मा.वि की दिपिशा पोखरेल हात पारिन ।
पुरुष १ सय मिटर दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण मा.विका आविष्कार वि.क द्धितिय र शुक्लागण्डकी मा.विका अद्धितिय भारति तृतिय भएका छन् । महिला १ सय मिटर दौड तर्फ सागर मोमोरियल बोर्डिङ स्कुल की सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी मा.वि की प्रतिज्ञा पोखरेल द्धितिय र निश्पक्ष मा.वि काी एलिना लामिछाने तृतिय भएकी हुन ।
लगंजम्प महिला तर्फ महेन्द्र मा.वि की कुशुम नेपाली प्रथम ,शुक्लागण्डकी मा.वि की प्रतिक्षा पोख्रेल द्धितिय र निश्पक्ष मा.वि की एलिना लामिछाने तृतिय भईन । नृत्य तर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितिय उदय मा.वि र तृतिय बराह मा.वि रहेको छ । मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।