पोखरा ।
कास्की प्रहरीले पोखराको भण्डारढिकबाट लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा २९ भण्डारढिक नयाबस्ती बस्ने २६ वर्षिय कपिल घिमिरेको घरकोठा खानतलासी लिदा उनको कोठामा रहेको झोलाबाट ६सय ६२ एम्पुल लागू औषध फेला परेको हो ।
घिमिरेको साथबाट प्रहरीले डाईजापाम २ सय २८ एम्पूल, फेनेरागन २ सय १२ एम्पुल, र नुफिन २ सय २२ एम्पूल गरी छ सय बैसठ्ठी एम्पुल लागू औषध र मोवाईल फोन १ थान बरामद गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।