पोखरामा आज फेरि बढ्यो गोलभेडाँको भाउ, प्याजको कति छ ? (हेर्नुस सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा आज फेरि गोलभेडाँको भाउ बढेको छ ।

आज सानो गोलभेँडा के.जीको ९१ रुपैयाँ देखि १०९ रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । हिजो सानो गोलभेडाँ ८२ रुपैयाँ देखि ९१ रुपैयाँ के।जी सम्म मण्डीबाट किनबेच भएको थियो । ठुलो गोलभेडाँ ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ ।

यस्तै आज काउली ९० रुपैयाँदेखि १४० रुपैयाँसम्म र बन्दा के।जीको ६० देखि ७० रुपैयाँसम्म किनबेच भएको छ । आज प्याज प्रति के।जी १०० देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।

गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ मुठा छ ।

 

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • ६ मंसिर २०८१, बिहीबार ०८:४७ प्रकाशित