एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।

एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।

  • ५ मंसिर २०८१, बुधबार १५:०२ प्रकाशित