काठमाडौँ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल हुनेछ ।
आज अर्थ समितिको बैठक पनि बोलाइए पनि अन्ततस् स्थगित गरिएको छ । बैठकमा समितिमा प्राप्त बिधेयकहरुमाथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्ने तयारी थियो ।