इस्लामवाद ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार राति आतङ्कवाद विरोधी कारबाहीका क्रममा भएको गोलीबारीमा कम्तीमा नौ आतङ्ककारी र आठ सुरक्षाकर्मीको ज्यान गएको छ ।
यस कारबाहीमा लस्कर–ए–इस्लामका दुई प्रमुख कमान्डर पनि मारिएका छन् । कारबाहीमा सात सुरक्षाकर्मी र छ आतङ्ककारी घाइते भएका छन् ।
केही घण्टासम्म चलेको कारबाहीका क्रममा जिल्लाका विभिन्न तीन स्थानमा सेना परिचालन गरिएको थियो । स्थानीय श्रोतले भने वरपरका केही मानिसहरू घाइते भएको पनि बताएका छन् ।