सूचना प्रविधि बिक्रीबाट नेपालले गर्‍यो तीन महिनामा ४ अर्ब ६५ करोड आम्दानी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालले सूचना प्रविधि बिक्रीबाट ४ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको छ।साउनदेखि असोजसम्म दूरसञ्चार, कम्प्युटर र सूचना सेवाबाट उक्त आम्दानी गरेको हो।

३ महिनामा ६३ करोड रुपैयाँको सूचना प्रविधि सेवा खरिद गरेको छ। सरकारलाई खुद नाफा ३ अर्ब ८२ करोड रुपैयाँ छ।

आर्थिक वर्ष २०७९र८० मा ३ अर्ब ६१ अर्ब रुपैयाँ आम्दानी गरेको थियो। यो वर्ष १२ करोड खर्च गरेको थियो।आर्थिक वर्ष २०८१/०८१ मा ४ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गर्‍यो। १३ करोड खर्च गर्‍यो।

अघिल्ला वर्षको तुलनामा नेपालले सूचना प्रविधि बेचेर नाफा गरेपनि आयात करिब ७० करोडले बढेको देखिन्छ।

दुरसञ्चार सेवाबाट १ अर्ब १० करोड रुपैयाँ नेपालले आम्दानी गर्दा ३ अर्ब ५४ करोड कम्प्युटर सेवाबाट आम्दानी गरेको देखिन्छ। सूचना बिक्री गरेर ५८ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ।

सरकारले वार्षिक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको छ।

  • ४ मंसिर २०८१, मंगलवार १५:५४ प्रकाशित