माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

उनका अनुसार आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्नेछ ।बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

  • ३ मंसिर २०८१, सोमबार १०:३१ प्रकाशित