पोखरा ।
नेपाल सुरक्षा व्यवसायी संघ गण्डकीको अध्यक्षमा चन्दर बहादुर निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको १० औं साधारण सभा तथा ७ औं अधिवेशनले चन्दर बहादुरको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, महासचिवमा लोकेन्द्र अर्याल, कोषाध्यक्षमा नारायण प्रसाद अधिकारी र सदस्यहरुमा घनश्याम आचार्य, शुक्रराज पोखरेल र प्रभुनाथ रोका निर्वाचित भएका छन् । यस अगाडि भएका अधिवेशनको बन्दसत्रमा अध्यक्ष बिष्णु प्रसाद तिवारी, महासचिव कृष्ण प्रसाद सुवेदी, कोषाध्यक्ष शिब बास्तोला द्वारा प्रस्तुत वार्षिक प्रतिबेदन पारित गरिएको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कुल बहादुर केसीले निर्वाचन सम्पूर्ण कार्य समिति सपत गराएका थिए । उक्त कार्यक्रममा संघका पूर्वउपाध्यक्ष मोतिकृष्ण उपाध्याय वर्तमान अध्यक्ष चन्दर बहादुर र शिब प्रसाद बरालले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।
नया कार्य समितिको बैठकले संघका हरेक क्रियाकलापमा उत्कृष्ट योगदान गर्नेे कुल बहादुर केसी, सिमा पौडेल र शिब बराललाई सम्मान गरेको संघका महासचिव लोकेन्द्र अर्यालले जानकारी दिए ।