कास्की माओवादी केन्द्रको संयोजक बने लामिछाने

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा माओवादी केन्द्र कास्कीको संयोजकमा विश्वप्रकाश लामिछाने चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले उनलाई कास्की संयोजक चयन गर्ने निर्णय गरेको हो ।

कास्की इन्चार्ज रामजीप्रसाद बरालले उनको नाम सिफारिस गरेको आधारमा बैठकमा गण्डकी कमिटी अध्यक्ष गायत्री गुरुङको प्रस्तावलाई सर्वसम्मत् निर्णय गरिएको हो । बैठकमा पार्टीका गण्डकी प्रदेश इञ्चार्ज दीननाथ शर्मा, सहइञ्चार्ज हरि अधिकारी (कुमार) लगायतको उपस्थिति थियो । यस्तै, पार्टीका प्रदेश कार्यालयका सदस्य, गण्डकीका ११ वटै जिल्लाका जिल्ला इञ्चार्ज तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीसमेत उपस्थिति थिए ।

लामिछाने पार्टीको पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश सचिवालय सदस्यसमेत हुन् ।

 

  • २ मंसिर २०८१, आईतवार ०७:२६ प्रकाशित