साताको अन्तिम दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ ।

आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३० पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८ रुपैयाँ ६७ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्री दर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको छ ।

  • ३० कार्तिक २०८१, शुक्रबार ०९:२७ प्रकाशित