अपडेट

दार्चुला दुर्घटना : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

केन्द्रभाग मिडिया

दार्चुला ।

बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ को बकजेबलामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुगाइएका थप दुई जनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० राजिव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।

उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा ४५ वर्षीय मोहम्द सफीर, १८ वर्षीय मोहम्द बसिर, शैल्यशिखर नगरपालिका- ९ नकतड का ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर-५ बस्ने ४० वर्षीया मिना लेखकको ज्यान गएको एसपी बस्नेतले बताए ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि ज्यान गएको छ । दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते छन् ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको थियो ।

  • ३० कार्तिक २०८१, शुक्रबार ०८:४९ प्रकाशित