आजबाट बंगलादेशमा बिजुली निर्यात गर्दै नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालले आजदेखि बंगलदादेशमा बिजुली निर्यात गर्दैछ । आज दिउँसो पौने १ बजे नेपाल, बंगलादेश र भारतका मन्त्रीले यसको एकसाथ औपचारिक सुरवात गर्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यात सुभारम्भ गर्नेछन् । नेपाल विद्युत् प्राधिकरणले  बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्दैछ ।

यसअघि भएको सम्झौता अनुसार आजबाट ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको हो ।

  • ३० कार्तिक २०८१, शुक्रबार ०७:२६ प्रकाशित