पोखरा ।
दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गुमेको छ । सात जना घाइते भएका छन् ।
विहान करिव ४ बजे मालिकार्जुनबाट गोकुलेश्वर जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर ६ बजानीमा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । उनका अनुसार ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।
घाइते ७ जनाको गोकुलेश्वर अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ । चालक सुनील जोशीको पहिचान खुलेको छ ।