उपचुनावमा ४४ मध्य १५ पदमा एक्लै लड्ने नेकपा एसको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी ४४ मध्ये १५ वटा पदमा एक्लै चुनाव लड्ने भएको छ ।

उपमहासचिव रामकुमार भट्टराईले ४४ मध्ये १५ पदमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको बताए । उनका अनुसार बाँकी पदमा विचार मिल्नेहरूसँग सहकार्य गर्न सकिने गरी छलफल भइरहेको छ ।

‘मधेस प्रदेशका ५ वटा बडा, काठमाडौँ महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष, उदयपुर, मोरङ, सुनसरी, ठाकुरवावा र शुद्धोधनमा हाम्रो पार्टी एक्लै चुनाव लड्छ’, भट्टराईले भने, ‘बाँकी पदमा अन्य पार्टीसँग सहकार्यका आधारमा निर्णय गर्छौँ ।’

सो पार्टीले एक्लै चुनाव लड्ने भनेका स्थानका लागि अहिलेसम्म सबै उम्मेदवार भने सार्वजनिक गरिसकेको छैन ।

  • २९ कार्तिक २०८१, बिहीबार १६:५६ प्रकाशित