पोखराको अमरदिपबाट ७ जुवाडे पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा १६अमरदिपमा जुवातास खेलिरहेको ७ जनालाई प्रहरीले १ लाख १२ हजार ९० रुपैयाँ सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गत कात्तिक २७ गते अपराह्न ४ बजे अमरदिप स्थित गौमाया गुरुङले घरको कोठाभित्र जुवातास खेलाइरहेको अवस्थामा गुरुङ सहित ७ जनालाई २ सय १२ पत्ति तास र नगद १ लाख १२ हजार ९० रुपैयाँ सहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार पक्राउ पर्नेहरुमा पोखरा १६ दिप बस्ने ४० वर्षिय कृष्ण गुरुङ, पोखरा ८ सिमलचौर बस्ने ६४ वर्षिय गौमान गुरुङ, पोखरा १६बस्ने ४५ वर्षीया गौमाया गुरुङ, सोही ठाउँ बस्ने ३८ वर्षिया जुनिता भट्टचन, पोखरा ८ सिमलचौरा बस्ने ४८ वर्षीया रुपा गुरुङ, पोखरा १३ पाटनबेशी बस्ने ४० वर्षीय हेमजार गुरुङ र पोखरा २७ अर्घौँचोक बस्ने ४६वर्षिय बुद्धि बहादुर गुरुङ रहेका छन ।

पक्राउ परेका ७ जनालाई सार्बजनिक हित स्वास्थ्य,सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

  • २९ कार्तिक २०८१, बिहीबार ०९:०७ प्रकाशित