पोखरामा काउली के.जीको १४०, बन्दा ८० रुपैयाँसम्म किनबेच (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको मुल्य घटेको छ ।

आज सानो गोलभेडाँ ८२ रुपैयाँ देखि १०० रुपैयाँ के.जी सम्म मण्डीबाट किनबेच भएको छ । हिजो सानो गोलभेडाँ प्रति के.जी ९६ देखि ११४ रुपैयाँ सम्म किनबेच भएको थियो । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ ।

यस्तै आज पोखरामा काउली १२० रुपैयाँदेखि १४० रुपैयाँसम्म र बन्दा के.जीको ६० देखि ८० रुपैयाँसम्म किनबेच भएको छ ।

आज प्याज प्रति के.जी १३० देखि १४० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।

यस्तै घिरौला १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म के।जी छ ।गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ छ ।

 

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

  • २९ कार्तिक २०८१, बिहीबार ०८:५७ प्रकाशित