पुषको ८ गते स्याङजाको कोल्मामा क्रसकन्ट्री दौड हुने

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङजाको कोल्मा बराहचौरमा पुषको ८ गते क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पुतलीबजार नगरपालिका ९ कोल्माको बराहचौरमा पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुन लागेको हो ।

‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने मुल नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको यसको तयारी तीब्र रुपमा अगाडी बढेको मञ्चका सचिव जिवन थापाले जानकारी दिए ।

चार थुम अर्थात गृहकोट, मनकामना, कोल्मा, राईपुर, बहाकोट र राङभाङ् डाँडाहरुको भित्र रहेको विरुवा गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका–११, हरिनाश र पुतलीबजार पालिकाका बस्तीहरुनै सातसय कोल्मा नाम रहेको छ । ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्नै, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको मञ्चका सचिव थापाले बताए ।

खुल्लातर्फ २१ वर्ष माथिकालाई २५ किलोमिटर, खुल्ला महिला र २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार, जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटरको दौड हुने छ । कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी ५ किलोमिटर दौडमा सहभागि हुन सक्नेछन् ।
२५ किलोमिटर दुरीको दौडमा विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने पाउनेछ ।

खुला महिलाको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् । १० किलोमिटर २१ वर्षमुनिका धावकमध्य विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ, तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछ । विद्यार्थीको विजेताले १२ हजार रुपैयाँ, उपविजेताले ८ हजार रुपैयाँ र तेस्रोले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चार वटै विधामा १० औं स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिने पोख्रेलले बताए ।

कोल्मा बराहचौरदेखि सुरु हुने दौड प्रतियोगिता काउँले , डाँडा स्वारा—नाम्चे—काल्खु–खल्लुबोट—राईपुर—विसौना–रामचौतारा–बङ्गाले खोला–सिम्लेस्वारा–ओढारे–खुदी–मड्किना–मड्किनाभञ्ज्याङ सतिडाँडा हुदैं पुनः कोल्मा सम्मको लागि रुट तय गरिएको छ । दौड प्रतियोगिताले स्याङ्जा र तनहुँलाई जोडेको छ ।

  • २९ कार्तिक २०८१, बिहीबार ०८:३९ प्रकाशित