पोखरा ।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । उनको बुधबार राति ११ बजेतिर काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । डेंगुका कारण उपचार पश्चात् काठमाडौं घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदय घात भएपछि अस्पताल लगिएको पारिवारिक स्रोतले बताएको छ ।
नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौचन म्याग्दीकी हुन् । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।
केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । उनको मृत्युको कारण भने खुलेको छैन ।