लेखनाथ जेसीजको जेसीज सप्ताह सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

गत कार्तिक २३ गते देखि सुरु भएको लेखनाथ जेसीजको जेसीज सप्ताह –२०८१ मंगलवार सकिएको छ । हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा पाँच दिनमा बिभिन्न रचनात्मक तथा सन्देशमुलक सात वटा कार्यक्रम गरेर यस वर्षको जेसीज सप्ताह सकेको हो ।

समापन समारोहमा वोल्दै गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री खगराज अधिकारीले युवाहरुलाई ज्ञान,सिप र नेतृत्व गर्ने क्षेमतामा बृद्धि गरि उल्टो वाटोमा हिड्न सक्नेहरुलाई सहि वाटो र पाटोमा ल्याउने गरि जेसीजले चलाएको अभियानले राष्ट्र निर्माणमा सहयोग पुग्ने गरेको विश्वास दिलाएका थिए ।

सोही अवसरमा ट्राफिक कार्यलयका प्रहरी उपनिरिक्षक जनक बहादुर शाहीले जेसीजले नियम,विधि र प्रविधिका वारेमा जानकारी गराई सभ्य समाज निर्माणमा सहयोगी शिध्य भएको धारणा राखेका थिए ।

लेखनाथ जेसीजका अध्यक्ष प्रकास राईभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसीजका पुर्व अध्यक्ष ऋषिराम जमरकटेल,लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी,पोखरा जेसीजका अध्यक्ष देवराज शर्मा लगाएतले सामाजिक क्षेत्रमा जेसीजले गरेका कामका वारेमा चर्चा गरेका थिए ।

लेखनाथ जेसीजका महासचिव मौशम बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव महेश वाग्लेले गरेका थिए भने मुल संयोजक शुसील ढुगानाले सातब्यापी रुपमा भएका कार्यक्रमका वारेमा जानकारी गराएका थिए ।

जेसीज सप्ताह अन्तरगत झण्डोत्तलन,ट्राफिक सचेतना तथा निशुल्क चालक÷सह चालकको स्वास्थ्य परिक्षण, निशुल्क पोशाक वितारण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता लगाएतका कार्यक्रमहरु भएका थिए

 

 

  • २७ कार्तिक २०८१, मंगलवार २१:०४ प्रकाशित