काठमाडौं ।
काठमाडौंको सानोभ¥याङबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ ।सीआईबीको टोलीले आज बिहान सानोभ¥याङको कम्फर्ट हाउजिङबाट मनाङेलाई पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताए ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।