माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको टिप्पणी गरेका छन्।

विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए।

अमेरिकी स्टेट सपोर्ट प्रोग्राम ९एसपीपी० मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आरोपमा एमाले अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपीपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनुनपर्ने बताए।

  • २७ कार्तिक २०८१, मंगलवार १०:४३ प्रकाशित