पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ ।
आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा छ । हिजो आज डलर एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा थियो ।
यस्तै आज पाउण्डको भाउ १७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा छ । हिजो पाउण्ड एकको खरिदर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८६ पैसा रहेको थियो। १० जापानी येनको खरिददर ८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८ रुपैयाँ ८० पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्री दर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।