पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ घटेको छ ।
आज सानो गोलभेडाँ १०० देखि ११७ रुपैयाँ सम्म प्रति के.जी किनबेच भएको छ । हिजो सानो गोलभेडाँ ११३ देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको थियो । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ ।
आज प्याज प्रति के.जी १३५ देखि १४० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।यस्तै घिरौला १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म के।जी छ ।गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ छ ।
मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।