पोखरा ।
सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई बयानका लागि पोखरा ल्याइएको छ ।
गुरुङलाई सोमबार सरकारी वकिल कार्यालयमा लगेर बयान लिइएको कास्कीका एसपी श्यामबाबू ओलियाले जानकारी दिए ।बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान जारी रहेको छ ।