पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले कास्की जिल्लास्थित कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गरेको थियो ।पौडेलले कृषक र कृषक क्षेत्रमा समस्याहरूको पहिचान सहित समाधान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रीत हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुन आग्रह गरे ।
कृषिमा आत्मनिर्भर हुने कार्यक्रम अति जरूरी भैरहेको अवस्थामा प्रविधि र समयको उचित प्रयोग सहित वास्तविक किसान सम्म पुग्ने कार्यक्रम बनाउन पौडेलले आग्रह गरे ।
कार्यक्रममा माछापुच्छ्रे गाउपालिका धितालका कृषक नबीनराज अधिकारीले कार्यक्रम प्रभावकारी भएको भन्दै कतिपय पालिकास्तारका कार्यक्रम वास्तविक लक्षित कृषकसँग नपुगेको भन्दै दुखेसो पोखे । उनले उत्पादन देखि बजारिककरणका समस्याले कृषक पिडित हुनुपरेको भन्दै त्यसको समाधानमा ध्यान दिन आग्रह गरे ।
कृषकहरूलाई पर्याप्त तालिम ,जानकारी अभाव व्यवसायिक कृषिमा बाधा भएको अर्का कृषक बृजलाल चौधारीले उल्लेख गरे ।कृषि आबद्ध कार्यालयहरूका सुचना आफुहरूको पहुचमा नभएको भन्दै वास्तविक किसान मारमा परेको दाबी गर्दै अनुदान समेत कृषकको पहुचमा नहुदाँ कठिनाइमा परेको उनले उल्लेख गरे ।
पोखरा २२ का अर्का कृषक देविलाल बरालले बालि र नश्ल सुधारमा केन्द्रित हुदै बाली तथा पशुमा लाग्ने रोग अर्को मुख्य समस्या भएको उल्लेख गरे । बाँदर आतंक र बाली तथा नश्लको समस्यामा केन्द्रीत हुन अनुरोध गरे ।
कार्यक्रममा कृषक रामकृष्ण लामिछानेले भैसी तथा पाडा पाडी अनुदान सम्बन्धि व्यवस्था वैज्ञानिक नभएको भन्दै उन्नत जातका नश्ल उत्पादनका कार्यक्रम व्यवसायिकतामा मात्रै केन्द्रीत हुनु दुखद भएको जिकिर गरे । कृषक दुर्गा बहादुर क्षेत्रीले किसानले बाली जोगाउन र पशुपालकले पशु जोगाउन मुश्किल परेको तर्फ राज्यका निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे ।
एग्रो टुरिजम सहकारीका अध्यक्ष डिल्लीराम बरालले युवा पुस्तालाई आकर्षण गर्ने खालका कार्यक्रम आवश्यक भएको उल्लेख गरे । उनले कृषि पर्यटनलाई संगसंगै अगाडी बढाउँन सके मात्रै नीति तथा कार्यक्रम थापा प्रभावकारी बनाउन सकिने उल्लेख गरे । कृषि बिमा समेत प्रभाबकारी बनाउन आग्रह गर्दै बरालले बिमा सचेतना कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने बताए ।
आइ भी आइ पोटेनसियल इन्स्युरेन्स पोखराका प्रतिनिधि नवराज पौडेलले बिमाका नीति नियम र कानुनले साथ् दिएका विषयमा बिमाले भुक्तानी गरिरहेको दाबी गरे । खाद्य व्यवस्था गुणस्तर कार्यालय पोखराका प्रमुख रन्जना के सीले न्युनतम समर्थन मुल्यमा कृषकका उत्पादन आफूहरूले खरिद गरिरहेको भन्दै दिर्घकालीन मौज्दात रहने खाद्यान्नको न्युनतम समर्थन मुल्यमा खरिद गरिने उल्लेख गरे।
पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा जिसस कास्कीले गरेको समन्वयात्मक भूमिका उल्लेखनीय भएको भन्दै यसले उचित प्रतिफल दिनेमा आफु विस्वस्त भएको उल्लेख गरे ।
कृषि क्षेत्रमा राज्यका सबै तहले न्यून बजेट विनियोजित गर्दा काम प्रभावकारी हुन नसकेको उल्लेख गर्दै आगामी वर्षबाट बजेट वृद्धि गर्नेतर्फ ध्यानाकार्षण गराए । कडरियाले सहुलयित दरको ऋण उपलब्ध हुने बाताबरण निर्माणमा जुट्न आग्रह गर्दै कृषिको नीतिगत झन्झटका कारण पनि व्यवसायिकताको विकासमा अप्ठ्यारो भएको बताए।
उनले सरकारले चलाएको किसान शुद्धिकरण अभियान प्रभावकारी बनाउनुपर्ने बताए ।जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले भैरहेका सकारात्मक कार्यक्रमको समिक्षा सहित आगामी वर्ष परिमार्जित नीति कार्यक्रम लागु गर्न पालिकाहरूलाई आग्रह गरे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख सरिता मालले स्वागत र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए । कार्यक्रममा कास्की जिल्लामा कृषि तथा पशुपालन क्षेत्रमा आबद्ध कृषक एवम् ,बिमा कम्पनी सहित अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।