संविधान संशोधनका लागि छलफल चलिरहेको छ : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।

सोमबार धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि छलफल भइरहेको प्रतिक्रिया दिएका हुन् ।

‘संविधान संशोधनका लागि अहिले छलफल चलिरहेको छ’, ओलीले भने, ‘आर्थिक सुधार पनि गर्दैछौं ।’

  • २६ कार्तिक २०८१, सोमबार १५:०६ प्रकाशित