महिला समाजसेवा पुरस्कार वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ ।
मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण गरिएकोे हो ।

शनिवार समुहकोे २८ औं साधारण सभा तथा तेह्रौ अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र समुहका अध्यक्ष मनु वस्नेतले नगद ५ हजार, सम्मानपत्र र दोशल्ला ओढाएर शर्मालाई सम्मान गरे ।

लामो समय शिक्षण पेशामा आवद्घ शर्माले अवकाश पछि पनि महिला अधिकार, वालवालिका र शिक्षा क्षेत्रमा क्रियाशिल रहनुभएको छ । समुहले सोही अवसरमा सीता खड्का सहित नारायणी थापा, दिप्ती थापा र योग्यता वस्नेतलाई विशेष सम्मान गरेको छ । उनीहरुलाई वडा सदस्य रामचन्द्र आचार्य, राजकुमारी वानिया, मन्जु नेपाली, मानार्थ सदस्य सरस्वती खड्का, सल्लाहकार जितवहादुर खड्का र डिलमाया वस्नेतले सम्मान गरे।

कार्यक्रममा मन्त्री थापाले समाजसेवा पुरस्कार अक्षयकोषमा नगद ५१ हजार सहयोग गरेका छन । मन्त्री थापाले समाज रुपान्तरणमा महिला समुहको भुमिका महत्वपुर्ण रहेको वताउँदै, पुरस्कारले समाजसेवामा लाग्नेहरुलाई उर्जा थप्ने वताए । सम्मानित व्यक्तित्व शर्माले समाजसेवाको कुनै मुल्य र क्षेत्र नहुने वताउँदै, निस्वार्थ भावले गरिने कार्यले समाज अगाडि बढ्ने स्पष्ट पारे ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले स्थानिय सरकार यस क्षेत्रका सामाजिक संघ संस्थासँग सहकार्य गर्दै अगाडि बढेको वताए । समुहका अध्यक्ष मनु वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा, सल्लाहकार बेनी वहादुर वस्नेत, हिमालय क्लवका अध्यक्ष मोहनवहादुर थापा, समुहका पुर्व अध्यक्ष निर्मला वस्नेत, अम्विका आमा समुहका अध्यक्ष लक्ष्मी देवकोटा लगायतले वोलेका थिए ।

अधिवेशनले ज्योति वस्नेतको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।प्रथम उपाध्यक्षमा अमृता श्रेष्ठ,द्वितीय उपाध्यक्षमा शिवशोभा खड्का, सचिवमा नारायणी वस्नेत, सहसचिवमा दिपिका कार्की वस्नेत,कोषध्यक्षमा राधिका जिसी र सदस्यमा राधिका थापा, अम्विका श्रेष्ठ,सीता खड्का, देवु श्रेष्ठ,सावित्री वस्नेत,शर्मिला वस्नेत,देवी अधिकारी, अन्जु कार्की र शान्ती राना चयन भएका छन् ।अधिवेशनले समुहको आर्थिक तथा वाषिक प्रगति प्रतिवेदन पारित समेत गरेको छ ।

  • २५ कार्तिक २०८१, आईतवार १६:५५ प्रकाशित