लिलाबल्लभ अधिकारीलाई काठमाडौँ पुर्‍याइयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जापानमा मानव तस्करी गरेको आरोप लागेका नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।

प्रहरीले विराटनगरबाट पक्राउ गरेर उनलाई आइतबार दिउँसो काठमाडौँ ल्याएको हो ।उनलाई आइतबारनै बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको उनीमाथि आरोप छ ।

उनी कात्तिक १३ गते जापान उडेपनि अध्यागमनले फिर्ता पठाइदिएको थियो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् ।

  • २५ कार्तिक २०८१, आईतवार १५:५१ प्रकाशित