माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए । तर उनको व्यस्तताका कारण बैठक स्थगित भएको सचिव गणेश साहले जानकारी दिए ।

साहका अनुसार बैठक सोमबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने सचिव साहले बताए ।

  • २५ कार्तिक २०८१, आईतवार १४:०१ प्रकाशित