इमेज सहकारी ठगी : ढोरपाटनका मेयर नेपालीलाई पोखरा ल्याइयो

केन्द्रभाग मिडिया

पोखरा ।

इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ ।

नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए ।

पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो । ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।

  • २५ कार्तिक २०८१, आईतवार १०:५२ प्रकाशित