सहकारी ठगी प्रकरण

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ ।

प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।सभापतिको पक्षमा आन्दोलन गर्दै आएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ ।जिरोबाट वाइचोक पुगेर सभा आयोजना पार्टीले जनाएको छ ।

  • २५ कार्तिक २०८१, आईतवार १०:४८ प्रकाशित