आज पोखरामा प्याजको भाउ बढ्यो, गोलभेँडा के.जीको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज

आज सानो गोलभेडाँ ९६ देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ ।

पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।यस्तै घिरौला १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म के.जी छ । यस्तै आज सुकेको प्याजको भाउ बढेको छ ।

आज प्याज केजीको १३० देखि १३५ रुपैयाँ रहेको छ । यसअघि प्याज सुकेको १०० देखि १२० रुपैयाँ सम्म किनबेच भएको थियो। गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ छ ।

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • २५ कार्तिक २०८१, आईतवार ०९:०८ प्रकाशित