सहकारी ठगी प्रकरण

रवि लामिछानेको म्याद सकियो, आज अदालत उपस्थित गराइने

रास्वपाले आज पनि प्रर्दशन गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुन अदालत उपस्थित गराइने भएको छ । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएसँगै आज पुन अदालत लैजाने तयारी भएको हो।

प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।सभापतिको पक्षमा आन्दोलन गर्दै आएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी छ ।

 

  • २५ कार्तिक २०८१, आईतवार ०८:४३ प्रकाशित